Gold Gahana 1काठमाडौ। सुनको मूल्यमा उतार–चढावसंगै आइतवार अचानक बृद्धि भएको छ। सुनको नेपालको स्थानिय बजारमा प्रतितोला ५७ हजार पुगेको छ।

सुनको विश्व बजारलाई पछ्याउंदै छापावाल सुनको आइतवार प्रतितोला ५७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबारको कारोवारमा एकैपटक १ हजार २ सयले उकालो लागेको सूनको मूल्यमा आइतवार पुग्दा तोलामा ५ सय बृद्धि भएको पनि संघले जनाएको छ।

आइतवार चाँदीको मूल्यमा पनि ५ रुपैयाँले बृद्धि भएर प्रतितोला ८ सय ५ रुपैयाँ पुगेको छ। सुनको विश्व बजारमा आइतवार सांझसम्म प्रतिऔंस १ हजार २ सय ९३ डलरको हाराहारीमा कारोबार भएको थियो।
प्रकाशन मिति–२०७३ साल बैशाख १९ गते आइतवार ।