Karishma Manandhar in Naya Shakti 1

काठमाडौ। नयाँ शक्ति नेपाल नामक पार्टीको घोषणा कार्यक्रममा नेपाली चलचित्र उद्योगकी अघिल्लो पुस्ताकी सुन्दरी नायिका करिश्मा मानन्धर चर्चाको विषय बनेकी छन्। पार्टी घोषणा अवधिभर घोषणा सभाको कार्यक्रम प्रस्तोताको हैसियतले गर्दा पनि नायिका मानन्धरको चर्चा बढी नै चलेको हो। विशेषत नायिका मानन्धरले पार्टी घोषणा सभाको कार्यक्रम प्रस्तोताको जिम्मेवारी दिने पार्टीवाट सही दिशावोध तथा निर्देशन नपाएकोले पनि प्रस्तुतिकरणमा अत्यन्त अतालिएको पाइयो।

 

पलपलमा आतिने तथा हतारिने करिश्माको पुरानै प्रस्तुतिमा काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा देखिएको थियो। सही ढंगवाट नेपाली तथा अंग्रेजी दुवै भाषा उच्चारण गर्न नसक्नु करिश्माको पुरानै कमजोरी दोहोरिएको थियो। सात बर्ष अमेरिका बसेर आएकी करिश्मामा अंग्रेजीमा खासै सुधार नभएको भुटानी प्रधानमन्त्रीले अंग्रेजीमा पठाइएको सन्देश बाचन गर्ने क्रममा शव्द उच्चारणमा बारम्बार गल्ती गर्दा उनी आफै लज्जित बनेर माफी माग्नु परेको थियो।

 

अर्कोतर्फ नेपाली कांग्रेसका प्रदीप गिरीलाई मञ्चमा संवोधनका लागि बोलाउने क्रममा डा.प्रदीप भट्टराई भनेर संवोधन गरेर ग्रेट मिस्टेक गरेकी थिइन्। त्यो बेलामा प्रदीप गिरीले करिश्मालाई एमसी गर्दा हतारिन नहुने तथा सोचविचार गरेर बोल्न अनुरोध समेत गरेका थिए। जसवाट अझ लज्जित बनेकी करिश्माले प्रधानमन्त्री केपी शर्मा ओली रंगशालमा प्रवेश गर्नासाथ हाम्रो पीएम केपीजी आउनु भयो, उहाँलाई बीग ह्याण्ड दिऔ भनेर उत्तेजनामा फिल्मी शैलीमा भन्दा सवैजना हाँसेका थिए। पीएम केपीजी भन्नु नै एमसीको हैसियतले बोल्नु नै गल्ती थियो।

 

सात बर्ष अमेरिका बसेर आएकी करिश्मामा अंग्रेजीमा खासै सुधार नभएको भुटानी प्रधानमन्त्रीले अंग्रेजीमा पठाइएको सन्देश बाचन गर्ने क्रममा शव्द उच्चारणमा बारम्बार गल्ती गर्दा उनी आफै लज्जित बनेर माफी माग्नु परेको थियो।

Karishma Manandhar in Naya Shakti 2जतिसुकै सुन्दरी नायिका भएतापनि बोल्ने ढंगमा ढंग पुर्याउन नसक्ने नायिकाको रुपमा आम सहभागीहरुले प्रतिक्रिया व्यक्त गरेको पाइयो। करिश्माले आफूले यसमा पर्याप्त तयारी गर्न नपाएको र अघिल्लो दिनमा मात्र आफूलाई एमसीको अभिभारा दिएकोले पनि त्यसप्रकारको मिस्टेक हुन गएको स्वीकार गरेकी छन्। करिश्मा नयाँ शक्ति नेपालका संयोजक डा.भट्टराईको विचारवाट प्रभावित बनेर नयाँ शक्तिमा लागेकी हुन्। पार्टीले जुनसुकै अभिभारा दिएपनि आफूले गरेर देखाउने उनले प्रतिवद्धता देखाएकी छन्।
प्रकाशन मिति–२०७३ साल जेठ ३० गते आइतवार ।