Pestol firedकाठमाडौ। विप्लव नेतृत्वको माओवादीले भारतीय नाकाबन्दी विरुद्ध नेपाल बन्द गरेकै दिन आज विहान काठमाडौको सुन्धारा स्थित लुम्बिनी पाहुना घरमा गोली चलेको छ।

नेपाल प्रहरीवाट एसएलआर लिएर भागेका भगौडा प्रहरी जवान छोटेलाल ठाकुर उक्त पाहुना घरमा बसेको सुराकीको आधारमा प्रहरी त्यहाँ पुग्दा भगौडा प्रहरी जवान ठाकुरले सिरानीमुनीबाट पेस्तोल निकालेर फायर गर्न खोजेपछि जवाफी हमला स्वरुप त्यहाँ पुगेका प्रहरीले फायर गरेको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसवी सर्वेन्द्र खनालले बताएका छन्।

हतियार सहित भागेका ठाकुर लुटपाट तथा फिरौती संकलन लगायतका काममा संलग्न रहेको पनि प्रहरीले जनाएको छ। प्रहरीले चलाएको गोलीवाट ठाकुरको खुट्टामा गोली लागेको छ।

प्रकाशन मिति–२०७२ साल मंसिर १३ गते आइतवार ।