काठमाडौं। नेपालभाषा चलचित्रका सुपरस्टार रुपेन्द्र श्रेष्ठ यतिखेर स्टार मात्र नभइकन निर्देशक पनि बनेका छन्। एक पछि अर्को गरेर सुपरस्टार श्रेष्ठले पाँचवटा गीतका भिडियोको निर्देशन गरिसकेका छन्।

पछिल्लो श्रेष्ठव्दारा निर्देशित दशैं संवन्धी प्रेममय गीत हो। जसमा दशैंको माहोलमा भोजमा रमेका बाल–बालिका वीचको मायाबी प्रेमको कथालाई बुन्ने कार्य निर्देशक श्रेष्ठवाट भएको छ।

लोकलयमा आधारित अञ्जना ताम्राकारको शव्द रचना तथा सगुन ताम्राकारको गायन रहेको गीतको भिडियोमा सिम्रिक श्रेष्ठ र आरोण महर्जनको विशेष भूमिका रहेको छ। गेष्ट एपिरेन्समा लिडिङ सामाजिक अभियन्ता मञ्जु महर्जनको समेत अभिनय रहेको छ।

प्रकाशन मिति–२०७८ साल असोज ३१ गते शनिवार ।