Maa 2काठमाडौ। आमाको कथाबस्तु अनि आमाको त्यो गंभीर पीडा अनि चोटको कथा र सन्तानको लागि आमाले गरेको त्यो त्याग तथा बुहारीले दिएको प्रताडना आफैमा गंभीर विषय हो। यो विषयमा नेपालभाषामा गहकिलो चलचित्र माँ Maa को निर्माण प्रारम्भ भएको छ।

Mr.Suresh Khadgi-Director of Nepal Bhasha Film Maa.
Mr.Suresh Khadgi-Director of Nepal Bhasha Film Maa.

सोमवारवाट छायाँकन प्रारम्भ भएको चलचित्र माँ Maa को मंगलवार ललितपुरको ललितपुर मलमा छायाँकन भएको हो। सोमवार र मंगलवार भएको दरबारमार्ग तथा ललितपुर मलमा भएको दृश्य दुवै लोकेशनमा सञ्जु खड्गी तथा रजनी खड्गीले अभिनय गरेका जानकारी निर्देशक सुरेश खड्गीले भिजन संसारलाई दिएका छन्। क्रमिक रुपमा यस चलचित्रको छायाँकनलाई बृहत रुपमा अगाडि बढाएर चाँडै नै संपन्न गर्ने कसरतमा आफू रहेको जानकारी पनि निर्देशक खड्गीले दिएका छन्।

Maa 1

नेपालभाषाका प्रसिद्ध उपन्यासकार शशिकला मानन्धरले आमाको जीवन्त भूमिकामा गौरबशाली अभिनय गर्दैछिन्। मानन्धरको अपोजिटमा बुहारीको भूमिकामा यासिना महर्जन रहेकी छन्।

साथमा नायिकामा भिन्तुना जोशी तथा नायकमा किशोर शाहीको अभिनय हेर्न पाइने भएको छ। छायाँकन नेपालभाषाका चर्चित छायाँकार शैलेश डंगोलले गरिरहेका छन्।

Maa 3प्रकाशन मिति–२०७४ साल असोज २४ गते मंगलवार ।