काठमाडौं। हट मोडल गायिकाका रुपमा व्यापक चर्चामा रहेकी सुशीला पाठकको नयाँ लिरिकल गीतको भिडियो सार्वजनिक भएको छ।

यो बर्षको बडा दशैंको अवसरमा बडा दशैंको शुभकामना बोलकै गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो।

गायिका सुशीला पाठकलाई युगल गायनमा आशिष अबिरलको साथ रहेको छ। शव्द तथा संगीत आशिष अबिरलकै रहेको छ।

राजन कार्कीको सम्पादनमा तयार भएको लिरिकल भिडियोको अडियो भिडियोलाई राग रेकर्डसले बजारमा ल्याएको हो।

प्रकाशन मिति–२०७८ साल असोज २४ गते आइतवार ।