काठमाडौ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनको कारण पत्ता लगाउन कांग्रेसबृतवाट नै उच्चस्तरीय आयोग गठन गर्न माग भएको छ। कोइरालाको स्वास्थ्यमा गंभीर लापरवाही भएको भन्दै दोषीहरुलाई कडा कारवाही गर्नुपर्ने माग पनि भएको छ।

Sushil Koirala Health Checkup

दिवंगत नेता कोइरालाको १३ औ दिनको पुण्यतिथिको कार्यक्रम संपन्न भएको लगतै मंगलवार नेपाली कांग्रेसको मुख्यालय सानेपा–बल्खु रोडमा बसेको बैठकमा उक्त माग भएको कांग्रेसका नेताहरुले माग गरेका हुन्।

ती नेताहरुले कांग्रेसका नेता चक्र बाँस्तोलाको स्वास्थ्य उपचारमा पनि पार्टीले गंभीरता नदिनएको आरोप लगाउंदै त्यसको पनि ध्यानाकर्षण गरेको छ।
प्रकाशन मिति–२०७२ साल फागुन १२ गते बुधवार ।