Sushil Koirala passed away 5काठमाडौ। नेपाली कांग्रेसका दिवंगत सभापति सुशील कोइरालाको काठमाडौको पशुपति स्थित आर्यघाटमा राष्ट्रिय सम्मानकासाथ बुधवार अपरान्ह अन्त्येष्टि गरिएको छ।

Sushil Koirala passed away 2

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत नेता कोइरालाको पार्थिव शरीरमा नेपालको झण्डा ओढाएर राष्ट्रिय सम्मान दिएर राष्ट्रकोतर्फवाट अन्तिम श्रद्धान्जली प्रदान गरेका थिए।

कोइरालाको सम्मानमा सोही समयमा नेपाली सेनाले सलामी दिएको थियो। राष्ट्रिय गानको धुन पनि बजाइएको थियो। आर्यघाट उपस्थित सर्वसाधारणहरुले सुशील दाइ जिन्दावाद भनेर नारा लगाएका थिए।

Sushil Koirala passed away 3

कोइरालाको पार्थिव शरीरमा कोइरालाको भतिज अतुल कोइरालाले दागबत्ती दिएका थिए। कोइरालाको पार्थिव शरीरलाई शवयात्रा सहित त्रिपुरेश्वरस्थित दशरथ रंगशालावाट पशुपति आर्यघाट पुर्याइएको थियो। शवयात्रामा हजारौ–हजारको सहभागिता रहेको थियो। कोइरालाको सोमवार राति १२ बजेर ५० मिनेट गएको समयमा निधन भएको थियो।

Sushil Koirala passed away 6

Sushil Koirala passed away 4

कोइरालाको अन्त्येष्टि गरिएको माघ २७ गते एउटा अनौठो संयोग बनेको छ। वि.सं.२०७० साल माघ २७ गतेकै दिन कोइराला प्रधानमन्त्रीमा निर्वाचित बनेर शरीरभरि फूलमाला तथा अबिरले रंगिएका थिए।

त्यसको ठीक दुईबर्षपछि २०७२ साल माघ २७ गतेकै दिन कोइराला फूलैफूलले सजिए। शरीरभर अबिरले रंगिए। दुईबर्ष अगाडि खुशीको रंगले रंगिएका कोइराला दुईबर्ष पछि दुःखको रंगले भरिए।

Sushil Koirala passed away 1

दिवंगत बनेर लाश भएर सवैलाई रुवाएर गएका कोइराला नेपाली राजनीतिमा सादगी नेताको रुपमा लिइने गरेको छ। अविवाहिता कोइरालाको संपत्तिको नाममा दुईवटा मोवाइल बाहेक अरु छैन।

यसलेगर्दा पनि त्यति धेरै लामो राजनीतिक जीवनमा निष्ठाको राजनीति बाहेक भ्रष्ट राजनीति नगरेका क्लिन नेताको रुपमा कोइरालालाई लिइने गरेको छ।
प्रकाशन मिति–२०७२ साल माघ २७ गते बुधवार ।