Sushil Koirala bigकाठमाडौ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको दुःखद निधनको १३ दिनको पूण्यतिथिमा आइतवार आयोजित श्रद्धान्जली समारोहमा विभिन्न दलका शीर्ष नेताहरुले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको प्रजातन्त्रप्रतिको निष्ठा र सादगी जीवनको प्रशंसा गरेका छन्। स्वर्गीय कोइरालाको १३ औं दिनको तिथिमा काठमाडौंमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै नेताहरुले लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्न कोइरालाको ऐतिहासिक भूमिका रहेको धारणा राखे।

Sushil Koirala Samjhanaनेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले संविधान जारी गर्ने र त्यसलाई कार्यान्वयन गर्ने तथा मुलुकलाई एकताबद्ध गर्न सुशील कोइरालाले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले प्रजातन्त्र र बहुलवादप्रति कोइराला निष्ठावान रहेको अनुभव सुनाए।

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कोइरालाको नेतृत्वमा संविधान जारी भएपनि त्यसको कार्यान्वयनको चुनौती अझै रहेको र त्यसका लागि सबै एक हुनुपर्ने धारणा राखे। नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले जनताले संविधान बनाएको र त्यसको नायक सुशील कोइराला रहेको बताए।

प्रकाशन मिति–२०७२ साल फागुन ९ गते आइतवार ।