काठमाडौं। कोरोना महामारीको कारण थलिएको फिल्म इण्डष्ट्रीलाई बलिउड फिल्म सूर्यबंशीले चलायमान बनाइदिएको छ। गत शुक्रवारवाट रिलिजमा आएको सूर्यबंशीले नेपालमा समेत निक्कै मार्केट लिन सफल भएको छ।

फिल्म हेर्न कोरोनाका कारण हल जान डराइरहेको वर्तमान अवस्थामा सूर्यबंशीले हलमा तानेको अवस्था रहेको छ। जसको कारण सूर्यबंशीले प्रदर्शनको तीन दिनमा ७७ करोड कमाएको छ।

रोहित सेट्टीले निर्देशन गरेको उक्त फिल्मले प्रदर्शन भएकै दिन २६ करोड उठाएको थियो भने दोस्रो दिन २३ करोड र तेस्रो दिन ७७ करोड कमाएको भारतीय मिडियाले जनाएका छन्। कोरोना महामारी पछि रिलिज भएको उक्त फिल्मले १०० करोड कमाउने पहिलो बलिउड फिल्म बन्ने अनुमान गरिएको छ।

फिल्ममा अक्षयकुमार र कट्रिना कैफको प्रमुख भूमिका रहेको छ। फिल्ममा अजय देवगण, रणवीर सिंहको पनि अभिनय छ।
प्रकाशन मिति–२०७८ साल कात्तिक २७ गते शनिवार ।