Petrol Motor Bike lineकाठमाडौ। नेपाल आयल निगमले सोमबार पनि काठमाडाैं र अासपासका क्षेत्रमा निजी मोटरसाइकललाई पेट्रोल वितरण गर्ने भएको छ। सोमबार ४६ देखि ६० नम्बर लटका मोटरसाइकललाई पेट्रोल वितरण गर्न लागिएको हो । यसअघिका लटका मोटरसाइकलले ३ लटमा पेट्रोल पाइसकेका छन् ।

शुक्रबार ३१ देखि ४५ नम्बर लटका मोटरसाइकल र स्कुटरले तेल पाएका थिए। फेरि आउँदो बुधबार त्यसभन्दा माथिका लटका मोटरसाइकललाई तेल भर्न दिने निगमले जनाएको छ। त्यसलगत्तै मौज्दातको अवस्था हेरेर कारलाई पनि पेट्रोल दिने आयल निगमको योजना छ।

सोमबार काठमाडौंका ४४ वटा पम्पबाट निजी मोटरसाइकल र स्कुटरले ५ लिटरका दरले तेल भर्न पाउनेछन्। टेकुको नेशनल ट्रेडिङ, सानेपाको इन्द्रायणी, बसुन्धराको महालक्ष्मी र हल्चोक पम्पबाट जोर नम्बरका ट्याक्सीले समेत तेल भर्न पाउने नेपाल आयल निगमले सूचना जारी गरेर जानकारी दिएको छ।

ठिमीको गुह्येश्वरी पम्पबाट हरियो नम्बर प्लेटका ट्याक्सीका लागि पेट्रोल वितरण हुनेछ । पेट्रोल भर्न जाने सवारीको ब्लु-बुक अनिवार्य रुपमा नवीकरण भएको हनुपर्नेछ। बिहान ९ बजेदेखि नै पम्पहरुमा तेल वितरण सुुरु हने आयल निगमले निकालेको सूचनामा उल्लेख छ।

Petrol pump list 4

Petrol pump list 3
प्रकाशन मिति–२०७२ साल माघ २३ गते शनिवार ।