Scotland Niteलण्डन। बुद्ध जयन्तीको अवसरमा हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चरको आयोजनामा स्कटल्याण्डको इडिनवर्गमा नेपाली म्युजिक एण्ड डान्स नाइट कार्यक्रम संपन्न भएको छ। नेपालका लोकप्रियक गायक धिरज राई, बरिष्ठ गायिका कुन्ती मोक्तान र स्कटल्याण्डका स्थानिय कलाकाहरु चरण प्रधान, सित्तल पुन, श्रृटि कार्की लगायत दुई बाल कलाकार आकृति र एलिसा खनालको आकर्षक प्रस्तुतिले कार्यक्रममा रौनकता बढाएको थियो।

विजय डंगोलको लोभलाग्दो कार्यक्रम प्रस्तुति तथा डीजे अनिष लिम्बू डीजेइङ्गले नाइटलाई अझ रोमान्चक बनाएको थियो। आयोजक हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चरका मनिष खत्रीले हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चर स्कटल्याण्डमा रहेका नेपाली समुदायमा समर्पित बनेको संस्था भएको र समुदायको हितकै लागि क्रियाशील रहेको बताएका छन्।

कार्यक्रममा सहभागी गायक धिरज राई र गायिका कुन्ती मोक्तानले हिमालयन सेन्टरको आयोजनामा भएको स्कटल्याण्डमा भएको कार्यक्रम अत्यन्त भव्य तथा सभ्य रुपमा सफल भएको प्रतिक्रिया व्यक्त गरेका छन्। प्रवासमा नेपालीहरुले यति धेरै राम्रो कार्यक्रम त्यो बुद्ध जयन्तीको अवसर पारेर गरिनुले आफूहरुलाई अत्यन्त खुशी लागेको जानकारी पनि दिएका छन्।
प्रकाशन मिति–२०७३ साल जेठ २३ गते आइतवार ।