scotland-news-1लण्डन। स्कटल्याण्डको एडिनबर्गमा साना नानीहरुलाई नेपाली पढाइने नेपाली पाठशाला संचालनमा आएको छ। नेपाल वाहिर प्रवासमा नेपालीका बालबालिकाले नेपाली भाषा क्रमिक रुपमा विर्सदै जान लागेको परिप्रेक्ष्यमा प्राथमिक विद्यालयदेखि नै नेपाली भाषाको अध्ययन गराउने प्रमुख उदेश्यले यसप्रकारको नेपाली विद्यालय स्थापना गरिएको स्कटल्याण्डवाट भिजन संसारका समाचारदाता विजय डंगोलले प्रेषित समाचारमा उल्लेख रहेको छ।

सन् २०१६ को जुलाइ देखि संचालनमा आएको नेपाली पाठशालामा नेपाली भाषाको अध्यापनको अलावा नेपाली नृत्य र संस्कृतिको बारेमा पर्याप्त जानकारी दिने कार्य हुंदैआएको छ। स्कटल्याण्डको एडिनबर्गमा बसोबास गर्दैआएका सफल नेपाली व्यवसायी तथा समाज–सेवी गोविन्दराम कंडेलको अगुवाईमा नेपाली पाठशालाको स्थापना भएको हो।

scotland-news-3

नेपाली पाठशालाको स्थापना यता नेपाली अध्ययन गराउन चाहने नेपाली अभिभावकहरुको संख्यामा दिनानुदिन बृद्धि हुनथालेको पाठशालाले जनाएको छ। ७ देखि १२ बर्ष उमेर समूहका २५ जना बालबालिकाहरुले नेपाली पाठशालामा नेपाली भाषा अध्ययनरत रहेका छन्। स्थानिय काउन्सिल हल भाडामा लिएर कक्षा संचालन गरिदै आएको जानकारी संस्थापक गोविन्दराम कंडेलले भनेका छन्।

scotland-news-2स्कटल्याण्डमा नै रहेका नेपाली नृत्यका ख्यातिप्राप्त नृत्य निर्देशक चरण प्रधानले पनि यस विद्यालयमा नेपाली नृत्यको अध्यापन गराउंदै छन्। नेपाली भाषाको अध्ययनको अलावा नेपाली नृत्य पनि सिक्न पाउंदा विद्यार्थीहरुमा थप उत्साह मिल्न थालेको छ। यसले गर्दा पनि नेपाली भाषा र नृत्य सिकाउन यस विद्यालयतिर नेपाली अभिभावकहरुको दिनानुदिन आकर्षण बढन थालेको पाइएको छ।
प्रकाशन मिति–२०७३ साल मंसीर २० गते सोमवार ।