Kalikasthan Fohor 1काठमाडौ। काठमाडौ महानगरपालिकामा भएको फोहोर राजनीतिले गर्दा काठमाडौ महानगरपालिकाका कतिपय वडामा सातौ दिनमा पुग्दा पनि फोहोर उठेन। केही स्थानमा शुक्रबारवाट फोहोर उठेपनि डिल्लीबजार कालिकास्थानमा भने, सातौ दिन सोमवार दिउंसो ५ बजेसम्ममा पनि फोहोर उठेको पाइएन।

Kalikasthan Fohor 6दि स्प्याङ्गल बोर्डिङ्ग हाइस्कुलको गेटनिरै थुपारिएको फोहोर नउठ्दा स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई व्यापक असर पर्न थालिसकेको छ। स्कुलका विद्यार्थी तथा शिक्षकहरुलाई अध्ययन–अध्यापन गर्न र गराउन कठिन भैसकेको स्कुलका विद्यार्थी तथा शिक्षकहरुको गुनासो रहेको छ।

Kalikasthan Fohor 3फोहोरको दुर्गन्धले गंभीर रोगहरु ल्याउने डर भैसकेको छ। यसको लागि स्कुल प्रशासनले काठमाडौ महानगपालिका वडा नंबर २९ कार्यालयमा जानकारी गराउंदा पनि सुनुवाई नभएको बताइएको छ। स्कुलका विद्यार्थी लगायत स्थानीय बासिन्दा तथा बटुवाहरुलाई समेत फोहोर तथा फोहोरको दुर्गन्धले गर्दा व्यापक असर परिसकेको अवस्था रहेको छ।

Kalikasthan Fohor 2त्यसबारेमा काठमाडौ महानगरपालिका वडा नंबर २९ कार्यालय तथा त्यसमा कार्य गर्ने सफाई कर्मचारीहरुलाई पूर्ण जानकारी भएतापनि फोहोर उठाउने कार्य भैरहेको छैन्। जनस्वास्थ्य माथि प्रत्यक्ष असर पुर्याउने फोहोरलाई उचित निकास दिनुपर्नेमा काठमाडौ महानगरपालिका वडा नंबर २९ का निर्वाचित जनप्रतिनिधिहरु समेत चुपचाप बसेको देख्दा स्थानीय बासिन्दा चकित बनेका छन्।

कम से कम स्कुल एरिया तथा व्यस्त सडकमा फोहोर फाल्ने कार्यलाई काठमाडौ महानगरपालिकाले निरुत्साहित गर्नुपर्नेमा त्यस्तो गरिएको पाइएको छैन्। गत एक बर्षअगाडि नै दि स्प्याङ्गल स्कुलको गेटनिर फोहोर फाल्ने कार्य गर्नु भएन भनेर स्कुलका अभिभावक आफैले वडा कार्यालयमा गएर जानकारी गराउंदा पनि त्यसको सुनवाई नभएको अभिभावकको गुनासो रहेको छ।

Kalikasthan Fohor 4काठमाडौ महानगरपालिका वडा नंबर २९ का वडा प्रशासकीय प्रमुख कमल गौतमलाई भिजन संसार समाचारदाताले त्यसबारेमा अवगत गराउंदा स्कुलको गेटनिर फोहोर थुप्रिएको वडालाई जानकारी भएको र स्कुल प्रशासनले पनि यसवारेमा फोन गरेको बताएका छन्। मंगलवार विहानसम्म कुनैपनि हालतमा स्कुलको गेटनिर थुपारिएको फोहोरलाई उठाइने र त्यसस्थानमा फोहोर फाल्न नदिने वडा प्रशासन प्रमुख गौतमले भनेका छन्।

स्कुल जस्तो संवेदनशील स्थानहरुमा फोहोर फाल्ने कार्यलाई तुरुन्तै निरुत्साहित पार्नुपर्ने स्थानीयको माग रहेको छ। यस्तो गंभीर विषयमा निर्वाचित जनप्रतिनिधिहरुले व्यापक चासो राखेर आफ्नो वडालाई सफा र सुन्दर बनाएर नमूना वडा बनाउनेतर्फ क्रियाशील हुनु आवश्यक भैसकेको छ। जनप्रतिनिधीविहीन वडा जस्तो गरिनु नहुने सवैको भनाई रहेको छ।

Kalikasthan Fohor 5प्रकाशन मिति–२०७४ साल भाद्र २६ गते सोमवार