Duwakot

काठमाडौ। स्थानीय चुनावको पूर्वसन्ध्यामा यतिखेर मौनअवधि भैरहेको छ। यस अवधिमा कुनैप्रकारको चुनावी प्रचार प्रसार गर्न पाइदैन। जनतालाई भय हुने कार्य पनि गर्न पाइदैन। तर आज शुक्रबार विहानै भक्तपुरको दुवाकोटमा अज्ञात समूहले सिलिण्डर बम विस्फोट गराएर स्थानीयवासीलाई भयभीत बनाइदिएको छ।

समाचार अनुसार बिहान ३ बजेर २ मिनेटमा भएको विस्फोटबाट कुनै मानविय क्षति भने भएको छैन। चाँगुनारायण नगरपालिका–२ को पुरानो केएमसी अस्पताल नजिकै बाटोमा सिलिण्डर विस्फोट भएको हो।

यो विस्फोट कसले गरायो भन्ने खुलेको छैन। प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईका अनुसार विस्फोटबाट नजिकै रहेको दुई घरको झ्यालका शिशा फुटेको छ। राप्रपा नेता माधव खत्री र पुष्प प्रधानाङ्गको घरको झ्यालका शिशाहरु फुटेका छन् ।
प्रकाशन मिति–२०७४ साल बैशाख २९ गते शुक्रबार ।