Third Gender in Nepal 2काठमाडौ। नेपालमा १९ बर्षपछि हुन गैरहेको स्थानीय तहको निर्वाचन आउने नयाँ बर्ष २०७४ सालको बैशाख ३१ गते महाअभियान र उत्सवकै रुपमा लिइएको छ।

स्थानीय तहका रुपमा रहेका चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकामा एकै चरणमा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ।

Third Gender in Nepal 1यस निर्वाचनमा एक करोड ४० लाख ५४ हजार चार ८२ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । तीमध्ये ७० लाख ६९ हजार सात सय १४ पुरुष, ६९ लाख ८४ हजार छ सय २५ महिला र एक सय ४३ तेस्रो लिङ्गी छन्।

महिला र लोकतन्त्रको आधारस्तम्भका रुपमा रहेको स्थानीय तहको आगामी वैशाख ३१ गते हुने निर्वाचनलाई महाअभियान र उत्सवकै रुपमा हेरिएको छ । स्थानीय तहका रुपमा रहेका चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकामा एकै चरणमा निर्वाचन हुँदैछ ।
प्रकाशन मिति–२०७३ साल चैत्र २७ गते आइतवार ।