काठमाडौं। काठमाडौंको डिल्लीबजार कालिकास्थान स्थित दि स्प्याङ्गल हाईस्कुलले आफ्नो विद्यालयमा अध्ययनरत बोनम्यारो रोगवाट पिडित विद्यार्थीलाई सक्दो सहयोग गरेको छ। कडा रोग मानिएको बोनम्यारोवाट पिडित कक्षा १० मा अध्ययनरत विद्यार्थी संगम चौधरीलाई दि स्प्याङ्गल हाईस्कुलले सहयोग गरेको हो।

स्कुल तथा स्कुलमा अध्ययनरत विद्यार्थीहरुले एकमुष्ठ उपचारको लागि भनेर नगद २५ हजार रकम संगम चौधरीको अभिभावकलाई सहयोग गरेको स्कुल प्रशासनले जनाएको छ। कक्षा नर्सरी देखि दि स्प्याङ्गल हाईस्कुलमा अध्ययनरत मेधावी विद्यार्थी संगम चौधरीको गत डेढ बर्षअघिवाट रगतमा बोनम्यारोको समस्या देखिएपछि उपचार गरिदैआएको कुरा स्कुल प्रशासनले थाहा पाएपछि स्कुल तथा स्कुलमा अध्ययनरत विद्यार्थीहरुले सक्दो सहयोग गरेको जानकारी स्कुलका प्रिन्सिपल धनप्रसाद सुव्वाले वताएका छन्।

स्कुल तथा स्कुलका विद्यार्थीहरुले गरेको सानो सहयोग पनि आफूहरुको लागि ठूलो सहयोग भएको बोनम्यारो पिडित संगम चौधरीका पिताले भनेका छन्। अरु कोही सहयोगी मनहरुले सहयोग गर्न चाहेमा स्कुल प्रशासनमा संपर्क गरेर सहयोग गर्न सकिने पनि संगम चौधरीको अभिभावकले अनुरोध गरेका छन्। सहयोग रकम दि स्प्याङ्गल हाईस्कुल व्यवस्थापन समितिका अध्यक्ष रश्मिला थापाले हस्तान्तरण गरेकी थिइन्।

For Help Sangam Chaudhary to contact: The Spangle High School, Kalikasthan, Kathmandu, Nepal. Contact No. 01-4424885

प्रकाशन मिति–२०७९ साल असार ११ गते शनिवार ।