भक्तपुर। नेपालभाषाको पहिलो सर्वाधिक अवार्ड प्रदान गरिएको नेपालभाषा दोश्रो स्टार म्युजिक भिडियो अवार्ड २०२२ मा अवार्डेट तथा विशिष्ट सम्मान प्राप्त गर्ने स्रष्टा तथा सर्जकहरुको फेरि अर्को सम्मान भएको छ।

 

आयोजक संसार क्रियशन नेपालका अध्यक्ष तथा महाप्रवन्धक स्वतन्त्र संसार महर्जनको आँट, धैर्य तथा साहसको अर्को नमूनामय क्लोजिङ सेरोमोनी प्रोग्राममा नेपालभाषा दोश्रो स्टार म्युजिक भिडियो अवार्ड २०२२ मा अवार्डेट तथा विशिष्ट सम्मान प्राप्त गर्ने स्रष्टा तथा सर्जकहरुको फेरि अर्को सम्मान गरिएको हो।

अवार्डेट १ सय १ जना सहित दीर्घ सम्मानवाट सम्मानित विशिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ लगायत सप्तरंगी सम्मान तथा तेज स्मारक सम्मानवाट सम्मानित स्रष्टाहरुलाई भक्तपुरको सूर्यविनायक स्थित पाण्डु बजारमा आयोजित भव्य क्लोजिङ सेरोमोनीमा प्रमाण–पत्र प्रदान गरेर आधिकारिकतामा थप आधिकारिकता दिने कार्य भएको छ।

अरुले गरेको कार्यभन्दा फरक कार्य गरेर कीर्तिमानी कायम गर्दैआएका आँट, धैर्य र साहसका प्रतिक स्वतन्त्र संसार महर्जन आफू शारीरिक रुपमा अशक्त भएतापनि मानसिक रुपमा सधै अग्रपंक्तीमा रहेका छन्। अरुभन्दा फरक र अरुभन्दा अग्रशील चूप लागेर बस्नै नसक्ने स्वतन्त्र संसार महर्जनलाई यस्ता बेग्लै कार्य गर्न र गराउन लाखौ लाख खर्च भएको छ।

प्रायोजन वापत यस्ता ऐतिहासिक कार्यहरुलाई सहयोग गर्ने भनेर बचन दिएका सरकारी तथा गैह्रसरकारी निकायले केवल आश्वासन मात्र दिएर सहयोग नगरेको अवस्थामा पनि घरखेत बन्धकी राखेर पनि कार्यक्रम गर्ने स्वतन्त्र संसार महर्जनको यस्ता कार्यलाई अवार्ड तथा सम्मान पाउने सवै स्रष्टा तथा सर्जक लगायत सवैले नमन गर्नु पर्दछ। स्वतन्त्र संसार महर्जन जस्तो त्यागी, निष्ठावान आयोजकको मनलाई दुःखी बनाउने कार्य कसैवाट गर्न र गराउनु हुन्न भन्ने कार्यक्रममा सवैको धारणा र राय पाएको छ।

कार्यक्रमा अर्का स्रष्टा रविन्द्र शाहीको आरबी फिल्मसको तर्फवाट नेपालभाषा दोश्रो स्टार म्युजिक भिडियो अवार्ड २०२२ मा अवार्डेट तथा विशिष्ट सम्मानवाट सम्मानित सवैलाई भिन्तुना अर्थात शुभकामना पत्र पनि प्रदान गरिएको थियो। उनै रविन्द्र शाही निर्मित तथा निर्देशित ऐतिहासिक चलचित्र थम्ह म्हुःगु गाःको विशेष प्रदर्शन समेत गरिएको थियो।

प्रकाशन मिति–२०७९ साल चैत्र १८ गते शनिवार ।