काठमाडौ। समाज सेवाको अग्रणी अन्तरराष्ट्रिय संस्था लायन्स क्लव अफ काठमाडौ स्वनिगःले यो जाडोमा न्याना कपडा तथा खाद्य सामाग्री वितरण गर्ने कार्य भएको छ। काठमाडौको मध्यबानेश्वर भीमसेनगोला मार्गमा रहेको नयाँ नेपाल समाज केन्द्रमा आवद्ध रहेका असहाय तथा अनाथ बालबालिकाहरुको लागि उक्त सहयोग वितरण गरेको हो।

लायन्स क्लव अफ काठमाडौ स्वनिगःका चार्टर प्रेसिडेन्ट ताराप्रसाद कसजुको नेतृत्वमा गएको टोलीले संकलित सामाग्री समाजका अध्यक्ष कृष्णजंग गुरुङलाई हस्तान्तरण गरिएको हो। ८१ जना बालबालिका रहेको नयाँ नेपाल समाज केन्द्रका बालबालिकाहरुको लागि नियमित रुपमा लायन्स क्लब अफ काठमाडौ स्वनिगःले सहयोग गर्दैआएको समाजक अध्यक्ष गुरुङले भनेका छन्।लायन्स क्लब अफ काठमाडौ स्वनिगःका मेमबर राधा महर्जनले नियमित रुपमा यसरी समाजका बालबालिकाको लागि सहयोग जुटाउने कार्य गर्दैआएकोमा महर्जनको पनि मुक्तकण्ठले तारिफ गर्ने कार्य पनि अध्यक्ष गुरुङवाट भएको छ।

कार्यक्रममा लायन्स क्लव अफ काठमाडौ बालाजुका संस्थापक गौतम श्रेष्ठ, पास्ट प्रेसिडेन्ट मणिहर्ष बज्राचार्य लगायतले कार्यक्रमको उदेश्य तथा लक्ष्यका बारेमा प्रकाश पारेका थिए। कार्यक्रमको संचालन आयोजक लायन्स क्लव अफ काठमाडौ स्वनिगःका फस्ट भाइसप्रेसिडेन्ट धर्मकुमार श्रेष्ठले गरेका हुन्।


प्रकाशन मिति–२०७४ साल माघ १४ गते आइतवार ।