Lions Swoniga 2काठमाडौ। लायन्स क्लब अफ काठमाडौ स्वनिगले विभिन्न सामाजिक कार्य गर्ने भएको छ। समाजमा विपन्न बर्गको उत्थानको लागि सीपमूलक कार्यक्रमलाई निकट भविष्यमा संचालन गर्ने लक्ष्य लिएको छ।

त्यसको अलावा लोप हुन लागेको नेपाली संस्कृतिको प्रवद्र्धनका लागि सांस्कृतिक कार्यक्रम सहितको सांस्कृतिक सहभोजन कार्यक्रम गर्ने योजनालाई स्वनिगको छैठौ जनरल मिटिङ्गमा तय गरेको छ।

Lions Swoniga 3

नेपालको गोल्ड मेडलिष्ट डान्स डाइरेक्टर स्वजन रघुबंशीको आतिथ्यतामा संपन्न भएको जनरल मिटिङ्गमा स्वनिगका चार्टर प्रेसिडेन्ट ताराप्रसाद कसजुले लायन्स क्लबको अवधारणा अनुरुप माछा मात्र दिने अवधारणाको अन्त गरेर माछा मार्न सिकाउने बल्छी दिने विभिन्न सामाजिक सीपमूलक कार्यक्रमहरुको अवधारणालाई अगाडि ल्याइएको र त्यसलाई छिट्टै कार्यन्वयन गर्नेतर्फ स्वनिग क्रियाशील बन्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

कार्यक्रम स्वनिगका चार्टर सेक्रेटरी गेहेन्द्र गोपाल गुरुवाचार्यले संचालन गरेका थिए। स्वनिगले काठमाडौ र काठमाडौ बाहिरका विद्यालय तथा विपन्न बर्गलाई विभिन्न सामाजिक सहयोग गर्ने कार्य संपन्न गरिसकेको कार्यक्रममा अवगत गराइयो।

Lions Swoniga 4प्रकाशन मिति–२०७३ साल माघ २९ गते शनिवार ।