काठमाडौ। रगतको महत्त्व र रक्तदानको आवश्यकता बारे स्थानीय स्तरमा जनचेतना फैलाउंदै युवायुवतीहरूलाई रक्तदान कार्यक्रममा आबद्ध गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले आफ्नो स्वयंसेवी रक्तदाताहरूको सञ्जाल निर्माणमा तिब्रता ल्याएको छ।

यसै सिलसिलामा मंगलवार नेपाल स्वयंसेवी रक्तदाता समाज,एभरेस्ट ग्रुप DXN एकाई समिति गठन गरिएकोछ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा पुकार छन्त्याल अध्यक्ष रहेको एक तदर्थ समिति गठन गरिएको छ।

जसमा उपाध्यक्ष भीमसेन बस्नेत सचिव रेश्मा लामिछाने, कोषाध्यक्ष डिल्ली कुमार राई र सदस्यहरूमा क्रमशः पहल सिङ्ग रावल,नीर बहादुर मगर र राजु लामा रहेका छन्। नव गठित उक्त समितिलाई केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यद्वारा बिधान सम्मत शपथ ग्रहण समेत गराईएको थियो।


प्रकाशन मिति–२०७४ साल पुष १८ गते मंगलवार ।