ललितपुर। बहुअपाङ्गता भएका व्यक्तिहरुलाई स्वाबलम्बन जीवनयापन सेवा प्रदान गर्न अपाङ्गता मैत्री सवारी साधन हस्तान्तरण तथा सेवा शुभारम्भ भएको छ। ललितपुर महानगरपालिकाले अपाङ्गता मैत्री सवारी साधन खरिद गरी स्वालम्बन जीवन पद्धति केन्द्र ललितपुरलाई मंगलवार हस्तान्तरण गरेपछि सेवा शुभारम्भ भएको हो।

ललितपुर महानगरपालिकाका बाजिगर मेयरको नामवाट ख्यातिकमाएका मेयर चिरिबाबु महर्जनले अपाङ्गता मैत्री सवारी साधन स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठलाई हस्तान्तरण गरिएको छ।

ललितपुर महानगरलाई नमूना महानगरपालिका वनाउने योजनामा अहोरात्र एक पछि अर्को गजबका कार्य गर्न अत्यन्त व्यस्त मेयर महर्जनले सवारीसाधनका लागि आवश्यक चालक, डिजेललगायत मर्मत सम्भार खर्चसमेत महानगरले बेहोर्ने भन्दै अपाङ्गता मैत्री सवारीवाट बहुअपाङ्गता भएका व्यक्तिहरु लाभान्वित हुने बताए। यस सवारीको बुहअपाङ्गता भएका व्यक्तिहरुले सहज र सरल रुपमा प्रयोग गर्न पनि मेयर महर्जनले अनुरोध गरेका छन्।

ललितपुर महानगरलाई अपाङ्गता मैत्री बनाउने योजनाअनुरुप नै सवारी साधन खरिद गरेको र हाल महानगरभित्रका संरचनालाई समेत अपाङ्गता मैत्री बनाउने काम भइरहेको मेयर महर्जनको ठहर रहेको छ।ललितपुर महानगरपालिकाको २० लाख रुपैयाँ, इरुका इन्डिपेन्डेन्ट सेन्टर, जापानको १६ लाख ७५ हजार र स्वालम्बन जीवन पद्धति केन्द्रको ३ लाख ५० हजार रुपैयाँ गरी संयुक्त रुपमा ४० लाख ७५ हजार रुपैयाँ खर्चेर अपाङ्गता मैत्री सवारी साधन खरिद गरेको हो ।

प्रकाशन मिति–२०७७ साल चैत्र १७ गते मंगलवार ।