Hongkong Mha poojaकाठमाडौ। हङकङ नेवार समाजको आयोजनामा हङकङमा भव्य अनि सभ्य रुपमा म्हःपूजा कार्यक्रम संपन्न भएको छ। शुक्रबार म्हःपूजाको साइतमा नै हङकङमा म्हःपूजा कार्यक्रम भएको हो।

Hongkong Mha pooja.2

हङकङमा रहेका नेवार तथा गैह्रनेवार सवै गरेर १ सय ५० जनाको सम्मानजनक उपस्थिति भएको र उनीहरुले अत्यन्त रमाइलो गरेर म्हःपूजा गरेको जानकारी ढिलो गरेर प्राप्त भएको छ।

हङकङ नेवार समाजकी अध्यक्ष रचना प्रधानले नेवार संस्कृतिको अत्यन्त रमाइलो र महत्वपूर्ण यो पर्वलाई हङकङमा नेवार तथा गैह्रनेवार सवैको आकर्षणको विषय रहेको र उनीहरुले बर्षमा एकपल्ट मन्दिररुपी शरीर पूजा गर्ने मान्यतालाई रुचाएको बताएकी छन्।

Hongkong Mha pooja.1प्रकाशन मिति–२०७४ साल कात्तिक ४ गते शनिवार ।