Byakul Pathak Amaकाठमाडौ। हट नेपाल मासिकका प्रधानसम्पादक तथा अध्यक्ष व्याकुल पाठकलाई मातृशोक परेको छ।

प्रधानसम्पादक पाठकको ममतामयी आमा विष्णुदेवी पाठकको ८१ बर्षको उमेरमा विहीवार दुःखद निधन भएको छ।

लामो समयदेखि दमको रोगवाट पीडित विष्णुदेवी पाठकको उचारको क्रममा नै निधन भएको हो। विष्णुदेवीका प्रधानसम्पादक पाठक सहित तीन छोरा र पाँच छोरी रहेका छन्। प्रधानसम्पादक पाठक कान्छो सुपुत्र हुन्।

प्रकाशन मिति–२०७२ साल मंसिर २५ गते शुक्रबार ।