Teej ko darकाठमाडौ। हरितालिका तीजको अघिल्लो दिन आज दरखाने प्रचलन रहेको छ। हिन्दू नेपाली नारीहरु विभिन्न मिठा परिकारहरुकासाथ दर खाने प्रचलन रहेको छ। विशेषत माइतिले चेलीबेटीहरुलाई माइतिमा बोलाएर मिठो–मसिनो खुवाउने प्रचलन रहेको छ।

Dar khane din

आफ्ना माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूल लगायतका मीठा परिकारलाई दरको रुपमा खाने गर्दछन्। दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्य रातमा दर खाने पनि गरिन्छ। पहिले हरितालिका तीजको अघिल्लो दिन एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने आजभोलि राजधानी तथा अन्य क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने प्रचलन सुरु भएको छ।

Teejदर खाएको भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिकतत्व भएको खानेकुरा खाने चलन रहेको छ। हरितालिका तीजका बेला पानी समेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुने गर्दछ । त्यसैले दर खाने चलन बसेको बताइन्छ।

प्रकाशन मिति–२०७३ साल भदौ १८ गते शनिवार ।