Page No.3-Narendra Kansakar 1काठमाडौ । स्वभाविक अभिनयका माहिर हाँस्य–अभिनेता नरेन्द्र कंसाकारलाई प्रारम्भदेखि आफ्नै अनुहार घाँडो भएको छ । चश्मा लगाएमा मात्र सवैले कलाकार नरेन्द्र कंसाकार भनेर चिन्ने र जव चश्मा फुकालेर चलचित्रको पर्दामा मात्र होइन, बास्तविक जीवनमा देखा परेमा कसैले चिन्दैनन् । यतिसम्म कि चश्मा फुकालेर घरजाँदा समेत कहिलेकाही परिवारले समेत नचिन्ने अवस्था कंसाकारलाई कयौपल्ट भएको छ । यसले गर्दा विगत ३० बर्षदेखि एकै प्रकारको चश्मा लाउने कार्य कंसाकारबाट भएको बुझिएको छ।

बजारमा अनेक फेसनका चश्मा आएतापनि ३० बर्षदेखिको मोडलमा केही हल्का चेन्ज गरेर लाउने कार्य मात्र भएको र नभएमा उही ओल्ड इज गोल्ड फेसनमा बस्न रहरले होइन, करले कंसाकार बसेका छन्। पहिला त अत्यन्त झर्को लागेपनि पछि यसलाई स्वभाविकतामा जिन्दगीलाई बदल्न उनी सफल देखिएका छन् । कंसाकारले चश्मा फुकालेर महको अत्यन्त लोकप्रिय टेलिसिरियल रातमा हरिबंश आचार्यको ससुराको भूमिकामा अभिनय गरेका छन् । सुपारी चपाएर ज्वाई साहेव तेल घस्ने होइन भनेर ज्वाई बनेका हरिबंशलाई तेल बोकेर लखेट्ने हिट दृश्य दिने कार्य कंसाकारबाट रातमा भएको छ।

Page No.3Narendra Kansakar 4रातको सुपारी चपाएर तेल घस्ने ससुरा–बाको भूमिका कंसाकारको अभिनयकै टर्निङ्ग प्वाइन्ट नै मानिन्छ । उक्त भूमिकाको रात सिरियलको नेपाल टेलिभिजनबाट प्रसारण हुँदा निक्कै चर्चा–परिचर्चा भयो । सवैले सुपारी चपाएर तेल घस्ने हरिबंशको ससुराबाको भूमिकामा अभिनय गर्ने कलाकारको तारिफ गरे । नरेन्द्र कंसाकारको तारिफ गरेनन् ।
कंसाकारलाई नै उनका कतिपय साथीभाइ तथा छर–छिमेकले उनैलाई भेट्दा हरिबंशलाई सुपारी चपाएर तेल घसौन ज्वाई साहेव भन्ने ससुराबाको जस्तो रोल तपाईले पनि गर्नुप¥यो भन्न पछि परेनन् । कतिले कंसाकारलाई नै रातको त्यो हरिबंशको सुपारी चपाएर तेल घस्ने ससुराबाको नाम के हो र उनलाई कसरी भेट्ने हो भनेर सोधे । त्यसरी सोध्नेहरुलाई त्यो ससुराबा म नै त हुँ भन्दा नचाहिने वाहियात कुरा गर्ने भनेर कंसाकारलाई कतिले हकारेपनि ! त्यसरी आफ्नै कारणले आफैलाई हकारेको पाउँदा उनी आफै देखेर हैरान पनि बने। आफ्नो कलाकारिताको प्रशंशा आफ्नै अगाडि हुँदा चुपचाप मनमनै रमाएर बस्नु बाहेक अर्को उपाय चाहेर पनि गर्न नसकेकोमा अचेल कंसाकारलाई रमाइलो नै लाग्न थालेको छ। भगवानले दिएको कलारिताको अनुपम नमूनाको रुपमा कंसाकारले यसलाई मानेका छन्।

Page No.3-Narendra Kansakar 2मदनकृष्ण श्रेष्ठ तथा हरिबंश आचार्यका प्राय टेलिसिरियल तथा देश–विदेशका स्टेज प्रोग्रामहरुमा जम्दै आएका कंसाकार मह संचारका व्यवस्थापकको रुपमा समेत कार्यरत रहेका छन् । मह संचारका प्रशासनिक तथा व्यवस्थापिकीय कार्यमा विगत डेढ दशकदेखि इमान्दारपूर्वक क्रियाशील बन्दैआएका कंसाकार महका प्रिय पात्र पनि हुन् । महले कंसाकारका लागि हरेक सिरियल तथा स्टेज प्रोग्राममा कुनै न कुनै रोल लेख्ने गरेका छन् । यसो भएतापनि कतिपय बेला मह संचारको व्यवस्थापनको सिलसिलमा व्यस्तताले नभ्याएपछि कंसाकारको कतिपय रोल अरुले नै गरेको धेरै घटनाहरु रहेका छन्।

रोल भन्दा व्यवस्थापनको जिम्मेवारी अगाडि कतिपय बेलामा अभिनय गर्न सकिदैन र गर्नपनि नमिल्ने कंसाकारको भनाई रहेको छ । नेपाली चलचित्रका नायिकामा हाल अमेरिकामा रहेकी नायिका जल शाह कुनैबेला कंसाकारको फेवरेट नायिकाको रुपमा मानिन्छ । जल शाहसँग चलचित्र घुम्टोमा एकसाथ अभिनय गर्ने कार्य कंसाकारबाट भएको छ । उक्त चलचित्रको एक दृश्यमा जल शाहको हातबाट नराम्ररी चर्कन पनि कंसाकारले खाएका छन्।

शुटिङ्गताका नायिका जल शाहले बास्तविकतामा नै बेस्सरी चर्कन दिने कार्य भएको थियो । फेवरेट हिरोइनको चलचित्र घुम्टोमा नराम्ररी नै चर्कन पाएतापनि त्यति दुखाईको अनुभव कंसाकारलाई भएन। उनै नायिका जल शाहले चर्काएको गालामा फेरि मायाले एक चुम्वन दिंदा संसार नै विर्सेको अनुभव पनि कंसाकारसँग रहेको छ ।
स्वभाविक अभिनयका माहिर कलाकार हरिहर शर्मासँग अभिनय सिकेर विगत ३५ बर्षदेखि नेपाली समसामयिक अभिनय कलामा जम्दैआएका कंसाकार महलाई कर्मदाता नै मान्छन्।Page No.3Narendra Kansakar 5

महकै कारण देश–विदेशका प्रोग्राममा जम्दैआएको बताउने कंसाकारको बास्तविक नाम मणिरत्न कंसाकार हो । नेपाली नागरिकता तथा पासपोर्टमा मणिरत्न कंसाकार नै रहेको छ । मणिरत्न कंसाकारको नामबाट उनी कहीकतै चिनिएका छैनन् । नरेन्द्र कंसाकार भनेरै चिनिएका छन् । यसलेगर्दा विदेशका प्रोग्राम गर्न विदेश जाने क्रममा राजदूतावासमा नरेन्द्र कंसाकार बनेर परिचय दिन नपाउंदा उनी निक्कै दुःखी बन्ने गरेका छन् ।
मणिरत्न कंसाकार भनेर दूतावासमा अन्तरवार्ता दिने क्रममा भन्नुपर्दा अनुहारले मात्र होइन, नामले समेत हैरान पारेकोमा यदाकदा दिक्क मान्ने गरेका छन् । नागरिकता तथा पासपोर्टमा एउटा नाम र व्यावहारिक नाम अर्कैपर्दा फसाद पनि पर्ने गरेका छन् । यद्यपि, सवैलाई मणिरत्न कंसाकार उर्फ नरेन्द्र कंसाकार भनेर परिचय दिने कार्य उनीबाट भएको छ ।

प्रकाशन मिति–२०७२ मंसिर २४ गते विहीवार ।