ललितपुर । नेपालका हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा बृहत रक्तदान कार्यक्रम संपन्न भएको छ। ललितपुर महानगरपालिका वडा नंबर १६ का वडा सरकार प्रमुख निर्मलरत्न शाक्यको प्रमुख संयोजन तथा आयोजनामा हांस्य सम्राट मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा बृहत रक्तदान कार्यक्रम संपन्न भएको हो।

रोटरी क्लब अफ यल तथा नेपाल अर्बूद्ध रोग निवारण संस्था ललितपुर शाखा समेत आयोजक रहेको बृहत रक्तदान कार्यक्रम मंगलबजारमा उत्साहजनतक रुपमा संपन्न भएको छ। जसमा हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठ लगायत चर्चित विशिष्ट हांस्य कलाकारहरु किरण केसी, सुरेन्द्र केसी, यमन श्रेष्ठ, रिंकु बज्राचार्यको उपस्थितिले रक्तदाताहरुमा व्यापक उत्साह थपिएको थियो।

आयोजक ललितपुर महानगरपालिका वडा नंबर १६ का वडा सरकार प्रमुख निर्मलरत्न शाक्यले विशेष रक्तदान कार्यक्रममा १ सयजना रक्तदाताहरुले रक्तदान गरेको बताएका छन्। कलाकार देशका गहना हो भनेर भनेतापनि व्यवहारमा लागू नभएको वर्तमान अवस्थामा आफू निर्वाचित भएर आएदेखि आफ्नो वडा सरकारले कला र कलाकारितालाई विशेष महत्व दिएको वताउंदै वडा सरकार प्रमुख शाक्यले वडा सरकारमा कलाकार समिति नै गठन गरेको बताए।

देशभरका ७५३ पालिकाहरुमा नभएको अभूतपूर्व कार्य गरेर कला र कलाकारितालाई महत्व दिएकोमा तथा आफ्नो जन्मोत्सवलाई महाउत्सव बनाइदिएकोमा हांस्य सम्राट मदनकृष्ण श्रेष्ठले आयोजकलाई धन्यवाद तथा आभार व्यक्त गरेका छन्। ललितपुर महानगरपालिका वडा नंबर १६ कलाकार समितिले हांस्य सम्राट मदनकृष्ण श्रेष्ठको शुभ जन्मोत्सवको अवसरमा पाटन दरवार स्क्वायरमा सगुन दिएर जन्मोत्सवलाई महाउत्सव वनाउने कार्य भएको छ।

प्रकाशन मिति–२०८० साल बैशाख १० गते आइतवार ।