Ashina Pani 2

काठमाडौ। नेपालमा गत बर्ष २०७२ साल बैशाख १२ गतेपछिको महाभूकम्प अनि जलबायु परिवर्तनको प्रत्यक्ष प्रभाव पर्न थालेको छ। बेला न कुबेला हावा–हुरी र असिना पानी पर्ने तथा मौसम कहिले अत्यन्त गर्मी तथा चिसो बन्ने गरेको पाइएको छ।

यसले गर्दा नेपालमा चैत्र महिनामा नै असारको अनुभव हुन थालेको छ। आइतवार राति मात्र काठमाडौमा दुई पल्ट घनघोर पानी पर्ने तथा असिना पानी पर्यो र तुरुन्तै रोकियो पनि।

पूर्वी नेपालको संखुवासभाको पाँचखपन गाउँपालिकामा भने ७ सय ग्रामदेखि एक किलोसम्मको असिना परेको छ। जसले गर्दा त्यहाँका कयौका घरका जस्तापाता समेत प्वाल परेको छ। असिनाको कारण एक दर्जन भन्दा बढी चौपायाको मृत्यु भएको छ। आलु, मकै तथा गहँुजस्ता बालीलाई पनि ध्वँस्त बनाएको बताइएको छ।

Ashina Pani 1प्रकाशन मिति–२०७३ साल चैत्र २२ गते मंगलवार ।