काठमाडौ। नेपालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना धमाधम भैरहेको अवस्थामा हिमालपारिको जिल्ला मनाङको परिणाम आएको छ।

मनाङमा नेकपा एमालेको जित भएको छ। मनाङवाट नेकपा एमालेले प्रतिनिधिसभामा खाता खोलेको छ। मनाङमा नेकपा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी भएका छन्।

पाल्देनले ९०८ मत पाएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेबहादुर गुरुङले ६५९ मत पाएका छन्।
प्रकाशन मिति–२०७४ साल मंसीर २१ गते विहीवार ।