Krisha Chulagaiकाठमाडौ। कुनै नायिका भन्दा कम नदेखिएकी नेपाली मारवाडी हिरोइन जस्ती लाग्ने कृषा चौलागाइलाई जिन्दगीमा कहिलेपनि हिरोइन बन्ने रहरै भएन। हिरोइन बनाउने व्यवसायमा नै बढी व्यस्त बन्ने कार्य कृषाबाट भएको छ। अर्थात हिरोइन बन्नेभन्दा हिरोइनलाई काम दिने चलचित्र निर्माणको व्यवसायमा नै एक दशकअगाडि देखि हालसम्म लागिरहेकी छन्।

दुई बर्ष विवाह तथा घरजमले गर्दा चलचित्र निर्माणमा ब्रेक लागेको बताउने उनले प्रितम लामिछानेसंग प्रेम विवाह गरेका हुन्। उनको हाल एक छोरी समेत भैसकेको छ। जसको नाम अध्या भएको उनले बताएकी छन्। दुई बर्ष विवाह र घरजमको व्यस्तता पश्चात नयाँ चलचित्र निर्माण गर्ने उनले घोषणा गरेकी छन्। चलचित्रको नाम छनौट गर्न हाल नभ्याएपनि चलचित्रको निर्देशनको जिम्मेवारी अनुप गिरीलाई दिइसकेकी छन्। चलचित्रको वर्कआउट भैरहेको बताउने उनले चाँडै नै चलचित्रको नाम खुलासा गर्ने बताएकी छन्।

इन्साफ, कसम हजुर, के म तिम्रो साथी बन्न सKe ma timro sathi banna sakchhuक्छु नामक तीन हिट चलचित्रकी निर्मात्री उनको अव निर्माण हुने चौथौ चलचित्र हो। जुन चलचित्र सिंगल थियटर र मल्टीप्लेक्स हलका दर्शकलाई टार्गेट गरेर बनाइने उनले भनेकी छन्।

प्रकाशन मिति–२०७२ साल मंसिर १९ गते शनिवार ।