Makalu Airlines

काठमाडौ। नेपालको विकट पहाडी जिल्ला हुम्लाको सिमिकोटवाट सुर्खेतका लागि उडेको मकालु एयरलाइन्सको विमान दूर्घटनामा परेको छ। सिंगल इञ्जिन विमानको इञ्निमा आएको खरावीपछि पाइलट तथा कोपाइलटले कर्णाली नदीमा विमानलाई फोर्स ल्याण्डिङ्ग गर्न सफलता प्राप्त गरेका छन्।

विहीबार अपराह्न ३ बजेर ४० मिनेटमा हुम्लाको सिमीकोटबाट सुर्खेतका लागि उडेको विमानमा उडेको पाँच मिनेटमै इन्जिनमा खराबी आएपछि कर्णाली नदीमा फोर्स ल्यान्डिङ गरिएको हो । विमान नदीले बगाएको छ। विमानमा सवार पाइलट सांगे लामा र को–पाइलट प्रशान्त शाह भने नदीमा हामफालेर बाँच्न सफल भएका छन्।

विमानमा दुईजनामात्र सवार थिए। सामान्य घाइते अवस्थामा दुबैजनालाई सकुशल उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ। दुबैजनालाई थप उपचारको लागि सिम्रिक एअरको हेलिकोप्टरबाट नेपालगन्ज लगिएको छ। उक्त विमान सुर्खेतबाट कार्गो लिएर सिमीकोट आएर फेरि सुर्खेत नै फर्कंदै थियो । घटनास्थल हुम्लाको सिमीकोट गाविस र खार्पुनाथ गाविसको सीमाना रहेको छ।
प्रकाशन मिति–२०७३ साल साउन २० गते विहीवार ।