Commercial Artist's progm 4काठमाडौ। यो बर्षको हेम–गंगा युवा कला प्रतिभा पुरस्कार मिथिला कलाका कलाकार श्याम सुन्दर यादव र क्यान आइडियल कला सम्मान बरिष्ठ कलाकार बाबुराजा देउलालाई प्रदान गरिएको छ। नेपाली समसामयिक कला क्षेत्रको गरिमामय यी दुवै पुरस्कार र सम्मान काठमाडौमा विहीवार आयोजित समारोहमा उप–प्रधानमन्त्री चित्रबहादुर केसीले प्रदान गरेका छन्।

Commercial Artist's progm 2

नेपाल कमर्सियल आर्टिष्ट संघको २१ औं स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको अवसर पारेर उक्त पुरस्कार र सम्मान प्रदान गरिएको आयोजक नेपाल कमर्सियल आर्टिष्ट संघका कार्यक्रम संयोजक प्रेम श्रेष्ठले बताए। कलाकार हेम पौडेल तथा कवियत्री गंगा पौडेलले स्थापित हेम–गंगा कला पुरस्कारको राशी नगद १० हजार रहेको छ। त्यसैगरेर, आइडियल डिजाइनर्सका ख्यातिप्राप्त कलाकार सुन्दर श्रेष्ठवाट स्थापित क्यान आइडियल कला सम्मानको राशी नगद ५ हजार रहेको छ।

Commercial Artist's progm 5

यी दुवै पुरस्कार र सम्मानको साथमा बरिष्ठ कलाकार गणेश मुनाल, कलाकार दीपक कुंवर र कलाकार रोजी श्रेष्ठलाई योगदानको कदर सहित सम्मान–पत्रवाट सम्मानित गरिएको थियो। कार्यक्रममा बरिष्ठ संस्कृतिविद डा.सत्यमोहन जोशी, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शारदा चित्रकार लगायतकाको विशेष उपस्थिति रहेको थियो।

Commercial Artist's progm 8

Commercial Artist's progm 3प्रकाशन मिति–२०७२ साल पुष २३ गते विहीवार ।
फोटो–सुनिता कायस्थ\भिजन संसार