काठमाडौं । नेपाली चलचित्र उद्योगमा पछिल्लो समय हैट भन्ने थेगोवाट व्यापक चर्चामा आएका चर्चित हांस्य कलाकार बुद्धि तामाङलाई पुस्तक पढ्ने समय छैन्। तरपनि हैट फुर्सदमा पढिहाल्छु भन्ने गरेका छन्।

उनी प्रायः किताब किनेर नै पढ्ने गर्छन् । किनेर पढेको पुस्तकको महत्व पनि बढी हुँदोरहेछ भन्ने उनलाई थाहा छ। प्रायः नाटकसम्बन्धी पुस्तक नै उनको रोजाइमा पर्छ । उनी पुस्तक मागेर वा साटेर पनि पढ्छन्।

आफूले मागेर ल्याएको पुस्तक सम्झिएर फिर्ता दिने उनको बानी छ । उनको जीवनमा मन पर्ने पुस्तक धेरै छन्। उनलाई मन परेका पुस्तकको कुरा गर्ने हो भने शिरीषको फूल, सिद्धार्थ हुन् ।

प्रकाशन मिति–२०७९ साल मंसीर ३ गते शनिवार ।