himani-shahकाठमाडौ। नेपालकी पूर्वयुवराज्ञी हिमानी शाहको शनिवार ४० औं जन्मदिन परेतापनि शुक्रबार आधारातसम्म काठमाडौको कालिमाटी स्थित सोल्टी क्राउन प्लाजा होटलको अति विशिष्ट कक्षमा मनाइएको छ। हिमानीको जन्मदिनमा बर्थ–डे वीस गर्न ललितपुरको सुनाकोठीमा बस्दैआएका हिमानी पति पूर्वयुवराज पारस शाह शुक्रवार राति ७ बजे नै पुगेका थिए।

जवकि, हिमानी तथा पूर्वराजा ज्ञानेन्द, पूर्वरानी कोमल लगायतका राजपरिवार पुगेकै थिएन। राति ८ बजे मात्र हिमानी सहित पूर्वराजपरिवारका सदस्यहरु होटल सोल्टी क्राउन प्लाजा पुगेपछि हिमानीको जन्मदिन उत्सवको रौनकता बढेको र राति १० बजेवाट जन्म उत्सवको भव्य पार्टी भएको नेपाल समाचारपत्र दैनिकमा उल्लेख रहेको छ।

parash-with-himani-1

महंगा ब्रान्डेट व्हीस्की, ब्राण्डी, वियर लगायतका मदिराका साथ चलेको जन्मदिनको शुक्रबारे पार्टीमा हिमानीको जन्मदिनको बर्थ–डे केक काटेपछि छमछमी नाच शुरु भएको थियो। त्यो नाचमा आगन्तुक पाहुनाहरुले हिमानी र पारसलाई तानेर एकसाथ नचाएका थिए। त्यति बोलचाल समेत नभएका हिमानी र पारसले भने पाहुनाहरुको फर्माइसमा मज्जाले नाचेर सवैलाई तीन छक्क पारेका थिए।

gyanendra-with-parash

छोरा र बुहारीको रमाइलो नाच हेरेर पूर्वराजा ज्ञानेन्द्र मक्ख परेर हेरेर बसेका थिए। जन्मदिनको पार्टी आधारातसम्म चलेको थियो। पारस सोल्टीवाट राति १ बजे निस्केका थिए भने, ज्ञानेन्द्र र कोमल त्यस्तै २ बजे तथा हिमानी विहान ४ बजेमात्र निस्केको पनि नेपाल समाचारपत्रले लेखेको छ।

Handmade Software, Inc. Image Alchemy v1.12.2

प्रकाशन मिति–२०७३ साल असोज १६ गते आइतवार ।