काठमाडौ। होली अर्थात फागु पुर्णिमा पर्वको आगमनको शुभङ्केत स्वरुप शुक्रबार काठमाडौको बसन्तपुर स्थित हनुमानढोका दरवार क्षेत्रमा चीर गाडिएको छ।

बिहान ११ बजेर ५७ मिनेटको शुभसाईतमा रंगीचंगी कपडाको टुक्रा झुण्ड्याएर चीर गाडिएको हो । मानन्धर समुदायद्वारा फाल्गुन शुक्ल अष्टमीका दिन चीर गाड्ने परम्परा छ।

चीर गाड्दा हनुमानढोकामा गुरुजूको पल्टनले हर्ष बढाइँ गरी सलामीसमेत दिएका थिए । चीर गाडेपछि होली विधिवत रुपमा सुरु भएको मानिन्छ।

होलीको मुख्य दिन चीर लडाएर दहन गर्ने गरिन्छ। यो वर्ष पहाडी जिल्लामा फागुन १७ गते र तराईमा १८ गते होली पर्व मनाइँदै छ।
प्रकाशन मिति–२०७४ साल फागुन ११ गते शुक्रबार ।