Holi Parba 1काठमाडौ। होली सदभाव तथा भाइचारा र मैत्रीपूर्ण राष्ट्रिय पर्वको रुपमा लिइने गर्दछ। यो पर्वमा अझ सदभाव र माया कायम हुनुपर्ने अवधारणा हरेक बर्ष हुने गरेको छ। यसो भएतापनि होली पर्व जति उत्साहपूर्ण हुनुपर्ने हो ? त्यो नभइकन आपसी सदभावना र भाइचारामा खलल हुने कार्य प्राय बर्ष हुने गरेको छ। यस्तो नहोस् भनेर स्थानिय प्रशासनले सतर्कता अपनाउन विभिन्न सूचना जारी गरेको पाइन्छ। होली पर्वमा मदिराजन्य पदार्थलाई प्रवेश निषेध गर्न नै भनिएको पाइन्छ।

मदिराले सदभावको होली पर्वमा होहल्ला–झगडा जस्ता अप्रिय कार्यले खलल आउने गरेको छ। यस्तो नहोस् भनेर विभिन्न सरकारी तथा सामाजिक निकायहरुले सचेत गराउने कार्य गर्दैआएको पाइन्छ। क्याम्पस तथा स्कुलहरुमा मनाइने होली पर्वहरुमा त अझ मदिरालाई प्रवेश गराइनु पनि अपराध मानिन्छ। त्यसको वेवास्ता समेत गरेर चैत्र ९ गते मदिराले प्रचार गरेको भक्तपुर स्थित भक्तपुर बहुमुखी क्याम्पसको मैदानमा होली पर्व मनाउने तयारी भैरहेकोमा त्यसको विरोध गरिएको छ।

अखिल क्रान्तिकारी लगायतका विद्यार्थीहरुले भक्तपुर जिल्ला प्रशासनमा होली पर्वलाई मदिरारहित बनाएर क्याम्पसमा होली मनाउन दिन सजकता सहितको ज्ञापन पत्र दिइसकेको छ। भक्तपुर जिल्ला प्रशासनले पनि होली पर्वलाई मदिरारहित तथा मर्यादित बनाउने बताएको छ। मदिरावाट प्रचारित होली पर्वको कार्यक्रममा क्याम्पसमा मदिराको विक्री वितरण तथा त्यसको सेवन नहोला भनेर भन्न नसकिने अवस्था रहेको स्थानियको भनाइ रहेको छ। होली पर्व नेपालको पहाडी जिल्लाहरुमा चैत्र ९ गते र तराईका जिल्लाहरुमा चैत्र १० गते मनाइदैछ।
प्रकाशन मिति–२०७२ साल चैत्र ७ गते आइतवार ।