Mobile call 2काठमाडौ। केही समययता नेपालमा नेपालीका मोवाइलमा विदेशवाट कुनै न कुनै दिन मिस्ड कल आउने गरेको छ। त्यस्ता मिस्ड कल आएपछि कति नेपालीले कल व्याँक गर्दा उनीहरुको ब्यालेन्स रकम काटिने गरेको तथा कल व्याँक गर्दा नबोल्ने र कल डिस्कनेक्ट हुने गरेको गुनासो व्यापक सुनिन थालेको छ।

यदि तपाइहरुको मोबाइलमा पनि नचिनेका त्यस्ता कल आएको छ भने रिसिभ गर्ने या कलब्याँक गर्ने काम तपाईका लागि नै खतरनाक हुने भएकोले होशियार बन्नु होला। धेरैजसो मोबाइल प्रयोगकर्तालाई प्लस २१६‘ नम्बरको मोबाइलबाट कल र मिस्ड कल आउने गरेको पाइएको छ । साथै उक्त नम्बर कहाँको हो भनेर इन्टरनेटमा सर्च गर्दा ट्युनिसियामा रजिस्टर भएको देखाउने गरेको छ ।

Mobile call 3

‘यो फ्रड कल हो, यस्तो नम्बरमा कल ब्याक गर्दा मोबाइलमा भएको ब्यालेन्स काटिन सक्छ भनेर नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले भनेका छन्। उनका अनुसार ‘यो ‘स्पाम कल’ हो ।’ यस्तो नम्बरमा कलब्याक गर्दा उच्च कल दर भएको स्थानमा कल जाने र ब्यालेन्स रित्तिने निर्देशक खनालले भनेका छन्।

Mobile call 1प्रकाशन मिति–२०७३ साल चैत्र २७ गते आइतवार ।