Koshraj Wanta- Prahari Mahanirchhek Sastraकाठमाडौ। धरौटी पनि एक करोड होइन, १० करोड मागिदा पनि भ्रष्टाचारको आरोपमा तानिएका सशस्त्र प्रहरी बलका निलम्बित महानिरीक्षक कोषराज वन्तले उक्त रकम बुझाएर रेकर्ड राखेका छन्। सोमवार अख्तियार दूरुपयोग अनुसन्धान आयोग पुगेर बयान दिएका वन्तको बयान नसकेपछि आयोगले थुनामा राखेर कारवाही अगाडि बढाउने भएपछि थुनामा बसेर बयान दिनुभन्दा धरौटी बुझाएर तारेख धाउने निर्णय गरेपछि तत्काल १० करोड धरौटी बुझाएका थिए।

वन्तले १० करोड रकमको बैंक ग्यारेन्टी आयोगलाई बुझाएपछि आयोगले वन्तलाई थुनामा नपठाइकन थुनामुक्त गरेर धरौटीमा तारेख दिएको छ। अख्तियारले धरौटीमा राखेर वन्तको बारेमा थप अनुसन्धान गरिने जनाएको छ। सशस्त्रको सामान ढुवानीमा फर्जी बिल बनाएर करोडौ अनियमितता गरेको पाइएपछि अख्तियारको सिफारिसमा सरकारले वन्तलाई निलम्बन गरेको थियो।

वन्तले ७ करोड भन्दा बढी रुपैयाको भ्रष्टचार गरेको अभियोग अख्तियारले लगाएको छ। ७ करोडको भ्रष्टचारको अभियोग लागेका वन्तले १० करोड धरौटी जमानत दिएर थुनामुक्त बन्नु नेपालको इतिहासमा नौलो भएको छ।

प्रकाशन मिति–२०७२ साल पुष ६ गते सोमवार ।