Hira Lal Dangol's Art Exhibition 1काठमाडौ। विगत पचास बर्षदेखि चराचुरुङ्गीलाई चित्रको विषय बनाउंदै कलाकारिता गर्दैआएका प्रसिद्ध कलाकार तथा पंक्षीविद हिरालाल डंगोल र उनको दुई छोरा र दुई छोरीको बर्डस् अफ नेपाल नामक दश दिने चित्रकला प्रदर्शनी शुक्रबार संपन्न भएको छ।

Hira Lal Dangol's Art Exhibition 2काठमाडौको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्रदर्शित चराचुरुङ्गीहरुको चित्र अवलोकन ५ हजारले गरेका छन्। ९५ चराचुरुङ्गीका बहुमूल्य चित्र प्रदर्शनीमा राखिएको थियो। जसमा कलाकार डंगोलका दुई छोरा पुष्पलाल डंगोल, ईश्वर डंगोल र दुई छोरी मीना डंगोल, प्रतिमा डंगोलका केही चरामय चित्र पनि प्रदर्शनीमा राखिएको थियो।

Hira Lal Dangol's Art Exhibition 3

७७ बर्षिय कलाकार डंगोल सानैदेखि चित्र कोर्न तल्लीन बन्दै चित्रमा नै जीवन देखेका कलाकार हुन्। जसको पहिलो यसप्रकारको चित्र प्रदर्शनी अमेरिकाको वासिङ्गटनमा भएको थियो भने, नेपालमा पहिलो पल्ट भएको हो। अव निकट भविष्यमा कोरिया र दुबईमा हुने भएको छ।
प्रकाशन मिति–२०७३ साल पुस २९ गते शुक्रबार ।