काठमाडौ। ११ बर्षपछि नेपालमा नेपाल निर्माता मानिएका पृथ्वीनारायण शाहको जन्म–जयन्ती मनाउन नेपाल सरकार अग्रसर भएको छ। नेपाल सरकारले पुथ्वी जयन्तीको आज पुष २७ गतेको दिनलाई सरकारी तवरवाटै सार्वजनिक विदा दिएर यस दिवसलाई निरन्तरता दिएको छ।

विसं.२०६२–०६३ को आन्दोलन पश्चात पुथ्वी जयन्ती मनाउन छाडेको तथा विदा दिन छाडे्कोमा यो बर्षवाट यस दिनलाई सार्वजनिक विदा दिएर यसको महत्वलाई कायम गर्न शेरवहादुर देउवा नेतृत्वको सरकारले फेरि शुरुवात गरेको छ। आज त्यस अनुरुप पृथ्वीनारायण शाहको २९६ औ जन्मजयन्ती मनाउने कार्य भएको छ।

विसं.१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका शाहले आफ्नो शासनकालमा ५० भन्दा बढी बाइसे तथा तेइसे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए। २० बर्षको उमेरमै राजगद्दी सम्हालेका शाहले जीवनपर्यन्त एकीकरणको अभियान अगाडि बढाइरहे। उनको यही योगदानको कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसकारुपमा मनाइने गरिएको हो।
प्रकाशन मिति–२०७४ साल पुष २७ गते विहीवार ।