Nepal Oil Corporationकाठमाडौ। लामो समय घाटामा रहेको नेपाल आयल निगमले दुई बर्षयता नाफामा गएको लगतै निगमका कर्मचारीहरुलाई बोनस बाँड्न लागेकोमा अर्थ मन्त्रालयले त्यसो नगर्न निर्देशन दिएको छ।

साढे १२ अर्ब ऋण रहेको निगमको व्यवस्थापनले गत आर्थिक बर्षमा निगम नाफामा गएको आधार बनाएर कर्मचारीहरुलाई ९० करोड रुपैयाभन्दा बढी बोनस दिने तयारी गरेपछि मन्त्रालयले उक्त निर्देशन दिएको हो।

साढे १२ अर्ब ऋण तिर्न बाँकी रहेको निगमले नाफावाट ऋण नतिरिकन कर्मचारीलाई बोनस वितरण गर्ने कार्य पूर्णतया नाजायज भएको भन्दै मन्त्रालयले त्यसमा रोक लगाएको छ। जसवाट कर्मचारीहरु असंतुष्ट बनेको निगम स्रोतले बताएको छ।

प्रकाशन मिति–२०७२ साल फागुन १३ गते विहीवार ।