Queen Padmabati & inset Sanjay Leela Bhansali-Director & Producer of Film Padmabati.

काठमाडौ। बलिउडको टाइकोन निर्माता तथा निर्देशक संजय लीला भंसालीको अत्यन्त चर्चा तथा विवादमा रहेको नयाँ फिल्म पदमावतीको रिलिज डेट डिसेम्बर १ तारिख तोकिएको छ।

रिलिज डेज नजिक आइरहेको बेला यतिखेर बलिउडमा यस फिल्म प्रति विभिन्न टिक्का–टिप्पणी तथा विवादले चर्को मोड लिएको छ। फिल्म शुटिङताका नै निर्माता तथा निर्देशक भंसालीलाई सेटमा नै हमला भएको यो फिल्म रिलिजको बेला कुनैपनि अप्रिय घटना हुने संभावनालाई मध्यनजर गरेर निर्माण पक्षले १६० करोडको बिमा समेत गरिसकेको छ।

फिल्म रिलिज भएपछि टिकटको विक्रीको क्रममा कुनै प्रकारको विरोध प्रदर्शन,झगडा वा तोडफोड भए सो नोक्सानीको भरपाई बीमा कंपनीले गर्ने भएको छ। फिल्म पदमावती रिलिजको दिन हलहरुमा तोडफोड हुने धेरै अडकलबाजी गरिएको छ। जसलेगर्दा फिल्म हलमा दर्शक जान डराउने पो हुन कि भन्नेहरु पनि पाइएको छ।

भारतको राजस्थानको जयपुरे रानी पदमावतीको ऐतिहासिक बास्तविक कथामा आधारित फिल्म पदमावतीमा रानी पदमावतीको भूमिकालाई गलत तरीकाले प्रस्तुत गरिएको आरोप तथा विवाद रहेको छ। यसै आरोप तथा विवादका कारण यस फिल्मको व्यापक विरोध हुंदैआएको हो। यस फिल्ममा रानी पदमावतीको लिडिङ रोलमा दीपिका पादुकोणको प्रखर अभिनय रहेको छ। अलाउदिन खिलजीको रोलमा रणवीर सिंहले अभिनय गरेका छन्।

यसैवीच यसै फिल्मको विवाद आइरहेको बेला भारतको नाहरगढ फोर्टको पर्खालबाट एक युवकको शव भेटिएको छ। चेतन कुमार नाम गरेका मृतकको शव नजिकको ढुङ्गामा मानिस पदमावतीको विरोधमा पुत्ला जलाउछन् तर हामी पुत्ला जलाउदैनौ–झुन्डाउछौ भनिएको छ।

पुत्लाको ठाउंमा हामी आफैलाई समाप्त गर्दैछौ भनेर लेखिएको छ। प्रहरीले शवको अनुसन्धान गरिरहेको छ। युवकको शव भेटिएको नाहरगढ सन् १७३४ मा राजा सवाई जय सिंह द्वितीयले बनाएको हुन्।
प्रकाशन मिति–२०७४ साल मंसीर ८ गते शुक्रबार ।