Megha_Poster

काठमाडौ। बेलायतमा प्रत्येक बर्ष आयोजना हुंदैआएको लण्डन एसियन फिल्म फेस्टिभलमा नेपाली चलचित्र मेघा छनौटमा परेको छ। १८ औ संस्करणको लण्डन एसियन फिल्म फेस्टभलमा परेको चलचित्र मेघाको बेलायतको लण्डनस्थित वेस्ट लण्डनको ब्रेन्टफोर्ड हाइस्ट्रीटको हलमा यही ६ मार्च आइतवारको दिन लण्डनको समयअनुसार साँझ ४.३० बजेवाट प्रदर्शन हुने भएको छ।

Megha 2

एक विवाहिता महिलाको जीवनमा अर्को पुरुषको प्रवेशवाट जीवनमा भएको उतार–चढावको कथामा आधारित चलचित्र मेघामा नायिका नम्रता श्रेष्ठको लिड क्यारेक्टर रहेको छ। त्यस क्यारेक्टरमा नम्रताको पतिको भूमिकामा रेमनदास श्रेष्ठ रहेका छन्। विवाहिता नम्रताको क्यारेक्टरमा आउने अर्को पुरुषको भूमिकामा सिद्धार्थ कोइरालाले अभिनय गरेका छन्।

Megha 1

सिद्धार्थ कोइराला बलिउडका चर्चित नायिका मनिषा कोइरालाका सहोदर भाइ हुन्। सिद्धार्थले अभिनय गरेको यो पहिलो चलचित्र हो। अंग्रेजी सवटाइटलिङ्ग समेत गरेर देखाइन लागेको चलचित्र मेघाको लेखन तथा निर्देशन संझना उप्रेती रौनियारको रहेको छ।

सन् २०१४ मा निर्माण भएको चलचित्र मेघा हाइक्लासको चलचित्र मानिन्छ। जुन चलचित्र नेपालमा व्यापारिक हिसावले खासै सफलता पाउन नसकेतापनि राम्रो प्रशंशा पाउन सफल फरकधारको चलचित्र हो।

प्रकाशन मिति–२०७२ साल फागुन १८ गते मंगलवार ।