sunny-leon-hot-1

काठमाडौ। बलिउडकी हटकेक अभिनेत्री सन्नी लियोनले आफू हाल पोर्नस्टार नभएको दावी गरेकी छन्। कुनैबेला आफ्नै रहरले पोर्नस्टार बनेको भएतापनि हाल त्यो कार्य छाडिसकेकोले आफूलाई पोर्नस्टार नभनिदिनको लागि आग्रह गरेकी छन्।

sunny-leon-hot

भारतीय समाचार माध्यमका अनुसार सानैमा पोर्न फिल्मतिर आकर्षित बनेर आफ्ना माता तथा पितालाई पोर्नस्टार बन्न लागेको बताएपछि माता–पिता निक्कै निराश बनेको पनि सन्नी लियोनले भनेकी छन्। एडल्ट इन्डस्ट्रीको फेमस म्यागजिन पेन्टहाउसमा नग्न फोटो प्रकाशित भएपछि कभर फोटो अफ दि इयरका लागि भनेर उनलाई ६८ लाख दिइएको थियो। जुनको उनको पहिलो अत्याधिक कमाइ थियो।

sunny-leon-hot-3

त्यति धेरै कमाइ गर्दा पनि उनका मातापिता रिसाएको त्यो अवस्थालाई उल्लेख गर्दै सन्नीले मातापिताको खुशीको लागि नै पोर्नस्टारको कार्य सदाका लागि छाडेको भनेकी छन्। सन् १९८१ सालमा क्यानडामा जन्मिएकी सन्नी भारतको पञ्जावी सिख परिवारकी हुन्। एघार बर्षको उमेरमा उनी अमेरिका गएकी थिइन्।

sunny-leon-hot-2

१९ बर्षको उमेरमा सन्नी पोर्न फिल्ममा लागेकी हुन्। पोर्न फिल्मी जीवनमा १ सय ४१ वटा पोर्न फिल्म खेल्नुको अलावा २५ वटा पोर्न फिल्मको निर्देशन गर्ने कार्य समेत उनले गरेको बताएकी छन्।
प्रकाशन मिति–२०७३ साल मंसीर २५ गते शनिवार ।