Public Vehicles in KTM

काठमाडौ। बाताबरणीय प्रदुषण र सडक दुर्घटना तथा सडकमा व्यापक ट्राफिक जाम भएको भन्दै नेपाल सरकारले काठमाडौ उपत्यकामा २० बर्ष पुराना गाडी प्रतिवन्धित गर्ने निर्णय गरेको छ।

यही आउने फागुन १८ गते पछि काठमाडौ उपत्यकामा २० बर्ष पुराना गाडी चलाउन पूर्ण प्रतिवन्ध लगाइने भएको छ। त्यस्ता २० बर्ष पुराना गाडी सडकमा निकालेमा सरकारले जफत गर्ने भएको छ। गाडी चालक तथा व्यवसायीले अटेर गरेर गाडी चलाएमा जफतसहित कारवाही गर्ने यातायात व्यवस्था विभागले जनाएको छ।

२० बर्ष पुराना कालो प्लेट नंबरका भाडाका बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेम्पो फागुन १८ गतेपछि काठमाडौका सडकमा ल्याउन नपाउने भएको छ। विना तयारी त्यसरी एकाएक प्रतिवन्ध लगाउन लागेकोमा गाडी चालक तथा व्यवसायीहरु सहमत देखिएका छैनन्। ती पुराना गाडीको उचित व्यवस्थापन र त्यसको विकल्प दिनुपर्ने उनीहरुको माग रहेको छ।
प्रकाशन मिति–२०७३ साल माघ १० गते सोमवार ।