Leonardo Taitanic Hero 2काठमाडौ। टाइटानिक जस्तो विश्व प्रसिद्ध फिल्मको अत्यन्त चर्चित हिरो लियोनार्दो डिकाप्रियो अभिनय यात्राको २६ बर्षपछि बल्ल यो बर्ष आयोजित ८८ औ ओस्कार फिल्म अवार्डमा सर्वोत्कृष्ट हिरो बन्न सफलता पाएका छन्।

अमेरिकाको लसएन्जल्समा सोमवार आयोजित भव्य ओस्कार अवार्डमा लियोनार्दोले द रिभनेन्ट फिल्ममा कडा मेहनत तथा दमदार अभिनयको लागि ओस्कार सर्वोत्कृष्ट हिरोको अवार्ड प्रदान गरिएको हो। हलिउडमा १९ वटा विभिन्न ठूला अवार्ड पाइसकेको हिरो भएतापनि लियोनार्दोले ओस्कार अवार्डमा लगातार पाँच बर्षसम्म नोमिनेसनमा परेर पनि अवार्ड पाएका थिएनन्। प्रतिक्षा तथा धैर्यको फल मिठो हुन्छ भनेजस्तै लियोनार्दोको लागि फिल्मी करियरको लागि यो बर्ष सन् २०१६ साल उत्कृष्ट नै बन्यो।

Leonardo Taitanic Hero 3

एक सत्य घटनामा आधारित फिल्म द रिभनेन्टका हिरो लियोनार्दोले पहिलो पल्ट ओस्कार अवार्ड उचाल्दा आँखाभरि आँसु पारेर त्यसअवसरमा आफ्ना मातापितालाई उनले संझेका थिए। मेहनतको कदर भएको भन्दै ओस्कारको लागि आफूलाई लायकको संझेकोमा आयोजकलाई लियोनार्दोले धन्यवाद व्यक्त मात्र नगरिकन कृतज्ञता पनि व्यक्त गरेका थिए।

Leonardo Taitanic Hero 6सर्वोत्कृष्ट हिरोइनको अवार्ड रुम फिल्मका लागि बी.लार्सनले जितेकी छन्। द रिभेन्टकै निर्देशक अलेक्जान्द्रो इएरिटी सर्वोत्कृष्ट निर्देशक बनेका छन्। फिल्म स्पर्टलाइटले सर्वोत्कृष्ट फिल्मको अवार्ड जितेको छ।

Leonardo Taitanic Hero 5प्रकाशन मिति–२०७२ साल फागुन १८ गते मंगलवार ।