Nisha Adhikari Hot Redकाठमाडौ। पछिल्लो पुस्ताकी बहुचर्चित नायिका निशा अधिकारी यो असोज १८ गतेवाट ३० बर्ष लागेकी छन्।

 

३० बर्षको मस्तको जवानीमा निक्कै संतुष्टि देखिएकी निशा करियर, प्रेम–जीवन, सफलता तथा आरोह–अवरोहवाट जीवनलाई नौलो मोडमा ल्याएको प्रतिक्रिया दिएकी छन्। चलचित्र नैना रेशमवाट नेपाली चलचित्रमा डेब्यु गरेकी यी हक्की नायिकाको पछिल्लो चलचित्र रोमियो र कुम्भकर्ण हो।

 

दुई दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी यी नायिकाको संसारका अग्ला हिमालहरु चढ्ने शौख रहेको छ।

 

यसक्रममा विश्वको अग्लो हिमाल सगरमाथा चढेर सगरमाथा चढने पहिलो नेपाली नायिकाको रेकर्ड कायम गरिसकेकी छन्।

 

कुनैबेला नेपालका ख्यातिप्राप्त क्रिेक्रेटर शरद भेषवाकरको प्रेममा चुर्लुम्म डुवेकी निशाको प्रेम लामो समय टिकेन। निशाका अनुसार शरदसंगको प्रेममा ब्रेकअप भैसकेको छ। उनकै भाषामा भन्ने हो भने शरद अव केवल राम्रो साथीमा सिमित भएको छ।

nisha-adhikari-hot-red

प्रकाशन मिति–२०७३ साल असोज २० गते विहीवार ।