Ratna Shah

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरेको छ।

उर्जामन्त्रीको निर्देशनपछि प्राधिकरणले आइतबार बिराटनगर, कैलाली र काठमाडौंका वितरण केन्द्रअन्तरगत धेरै बक्यौता भएका ग्राहकहरुको लाइन काटेको छ।

पूर्वबडामहारानी रत्न शाह बस्ने नारायणहिटी दरबारको महेन्द्र मञ्जिलको पनि लाइन काटिएको छ। महेन्द्र मञ्जिलले ३७ लाख ३१ हजार रूपैयाँ महसुल भुक्तानी गर्न बाँकी छ।

आइतबार मात्रै झण्डै डेढ करोड रुपैयाँ बराबर बक्यौता भएका ग्राहकको लाइन काटिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। लामो समय देखि बक्यौता नतिर्ने सवै ग्राहकको लाइन धमाधम अभियान थालनी गरेको पनि प्राधिकरणले भनेको छ।

Narayanhiti Darbar 1

प्रकाशन मिति–२०७३ साल भदौ ५ गते आइतवार ।