Sanjay Dutta Jail riha 2काठमाडौ। भारतका प्रसिद्ध चलचित्र अभिनेता संजय दत्त ४२ महिना लामो काराबासको जिन्दगीवाट मुक्त बनेका छन्। पुनाको यरवाडा जेलवाट मुक्त बनेर अभिनेता संजय दत्त विहीवार मुम्वई पुगेका छन्। मुम्वई पुगेर संजय दत्तले आमा नरगिसको समाधिस्थलमा पुगेर केही मिनेट आमालाई नमन गरेर घर फर्केका थिए।

सन् १९९३ को बम्बै बिस्फोटका बेला गैह्र कानुनी रुपमा एके ४७ आफ्नो साथमा राखेको आरोपमा उनलाई जेल सजाय सुनाइएको थियो । जेलमा राम्रो व्यवहार प्रदर्शन गरेको भनेर उनलाई तोकिएको सजाय पूरा हुनु केही महिना बाँकी हुँदै मुक्त गरिएको हो। जेलबाट बाहिर निस्किएपछि उनले आफू बसेको जेललाई सलाम गरेका थिए।

Sanjay Dutta Jail riha 1

५६ वर्षिय संजय चाटर्ड हवाइजहाजमा श्रीमती मान्यता र छोराछोरीका साथ पुनाबाट बम्बै पुगेका थिए। संजय दत्तको सुरक्षाका लागि भन्दै अर्का स्टार सलमान खानले मुम्बई एयरपोर्टमा बडिगार्ड पठाएका थिए । १९९३ मा पहिलोपटक गिरफ्तार गरिएका संजयले त्यसबेला १८ महिना जेलमा बिताएका थिए । पछिल्लो पटक भारतको सर्वोच्च अदालतले ५ वर्षको जेल सजाय सुनाएको थियो। मुम्बईस्थित आफ्नो घर आइपुगेपछि संजयले आफू पछिल्लो २३ वर्षदेखि स्वतन्त्र व्यक्तिका रुपमा बाँच्ने रहर पूरा भएको बताएका थिए ।
प्रकाशन मिति–२०७२ साल फागुन १३ गते विहीवार ।