काठमाडौ। बलिउडकी चर्चित नेपाली अभिनेत्री मनिषा कोइराला मंगलवारवाट ४६ बर्ष पुगेकी छन्। लामो समय देखि क्यान्सर रोगसंग संघर्षरत अभिनेत्री कोइरालाले केही समयअघि मात्र यस रोगवाट मुक्ति पाएकी थिइन्। मनिषाको जन्म सन् १९७० अगस्ट १६ मा काठमाडौंमा भएको हो।

Manisha Koirala

सन् १९८९ मा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘फेरी भेटौँला’बाट अभिनय यात्रा सुरु गरेकी मनिषाले १९९० मा बलीउड चलचित्र ‘सौदागर’ बाट हिन्दी चलचित्रमा डेव्यू गरेकी थिइन । मनिषाले नेपाली र हिन्दी मात्र होइन तामिल, तेलेगु, मलाअलम चलचित्रमा पनि काम गरेकी छिन्। फिल्म फेयर अवार्डबाट सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार र ‘खामोशी’ चलचित्रबाट स्टार स्क्रीन सर्वश्रेष्ठ अभिनेत्री पुरस्कार पनि मनिषाले जितिसकेकी छिन्।

कयौ हिट र फ्ल्प चलचित्र पनि दिएकी मनिषाको फिल्मी यात्रा नेपाली चलचित्र भन्दा पनि बलीउड चलचित्रमा बढी रह्यो। उनले केही बर्ष अगाडी राजेश हमालको जोडी बनेर ‘धर्मा’ नामक नेपाली चलचित्रमा काम गरेकी थिइन। बलीउडस्टार सलमान खानसँग ‘खामोसिया : द म्युजिकल’ मा काम गरेकी मनिषाको यो सबैभन्दा सुपरहिट चलचित्रको रुपमा हेरिन्छ।

त्यस्तै उनले शाहरुख खानसँग चलचित्र ‘दिल से’ र आमिर खानसँग ‘अकेले हम अकेले तुम’ चलचित्रमा काम गरेकी थिइन। एक समय बलीउडमा राम्रै दबदबा रहेको मनिषाको ‘१९४२: अ लभ स्टोरी’ पनि सफल चलचित्रको हो । मनिषाले २०१० मा सम्राट दाहालसँग विवाह गरेकी थिइन तर उनको बैबाहिक सम्बन्ध धेरै बर्ष टिक्न सकेन र उनीहरुले २०१२ मा सम्बन्ध विक्षेद गरे । त्यसपछि मनिष अहिले एक्लो जिन्दगी विताइरहेकी छिन्।

प्रकाशन मिति–२०७३ साल भदौ १ गते बुधवार ।